गण्डकी विकास बैंकको चाउथेमा शाखा, संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा ध्यान दिन आग्रह

बिजमाण्डू
२०७४ असोज ७ गते १३:३० | Sep 23, 2017
गण्डकी विकास बैंकको चाउथेमा शाखा, संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा ध्यान दिन आग्रह
काठमाडौं।गण्डकी विकास बैंकले लेखनाथ महानगरपालिकास्थित चाउथेमा नयाँ शाखा खोलेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शाखाको उद्घाट्न गरे।उनले गण्डकी सवल र सक्षम विकास बैंक भएको बताउँदै उत्कृष्ट नतिजा समेत हासिल गर्न सफल भएको बताए।उनले बैंक तथा वित्तिय संस्था नपुगेका स्थानमा शाखा खोल्न समेत सुझाब दिए।

पौडेलले बैंकमा जोखिम समेत बढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा ध्यान दिन सुझाब दिए।बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको भाबी योजना बारे जानकारी दिए।