काठमाडौं। सेयर बजारले साताको पहिलो दिन नै खराव सुरुवात गरेको छ। सुचक दोहोरो अंकले झरेको छ। बजार करिव १२ अंकले झर्दा सुचक १६१८ अंकमा झरेको छ।
दिनभरीमा बजारमा ७९ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कुल १५९ कम्पनीका४६ लाख ७८ हजार कित्ता सेयर किनबेच भएका हुन्।
होटल समूहवाहेक सबै सुचक ओरालो लागेका छन्। वित्तीय क्षेत्रका सबै सुचक झर्दा समग्र बजार घटेको हो। होटल भने ४ अंकले उक्लिएको छ।
बैंकिङ १२, विकास बैंक १५, जलविद्युत १६, फाइनान्स साढे ६, बीमा करिव ४० अंकले घटेको छ। उत्पादनमूलक सुचक पनि करिव २६ अंकले झरेको छ।
बजारमा सबैभन्दा वढि कारोबार प्राइम लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीको दिनभरीमा ५ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा सबैभन्दा वढि स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले १० प्रतिशतले कमाएका छन्। बढि गुमाउनेमा हिमालयन डिस्ट्रिलरीका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीले झरेको छ।