उपत्यकामा खानेपानी नपाएर उपभोक्ता काकाकुल बनिरहेका छन् तर महाप्रवन्धक लगायतको खानेपानी संस्थानको टीम सुविधा बढाउन बैठक बसेको बस्यै छ।त्यो पनि अध्यक्ष नभएको मौकामा वैशाखदेखि लगातार आफुखुशी बैठक बसेको पाइएको छ।केयुकेएलका अध्यक्ष नभएको मौका छोप्दै आफ्नो तलब भत्तादेखि सल्लाहाकार नियुक्ती गरेर संस्थालार्इ नोक्सानीमा पुर्याउने काम गरेका छन्।
केयुकेएल दुर्इ वर्षदेखि लगातार नोक्सानीमा छ। खानेपानी तथा सरसफार्इ मन्त्रालयले केयुकेएलले उपत्यकामा खानेपानी वितरणमा अक्षम भएको र विभिन्न अनियमितता गरेको भन्दै मन्त्रालयले महाप्रवन्धक भट्टरार्इसँग स्पष्टीकरण सोध्ने भएको छ।सुख्खा मौसम लागेपछि टंयाकर व्यवसायीको मिलेमतोमा केयुकेएलले खानेपानी वितरणमा अनियमितता गर्दै आएको समाचार बिजमाण्डूमा छापिएको थियो।
मन्त्रालयका सचिव भीम उपाध्यायले खानेपानी वितरणमा अक्षम भएको र सरकारको ९० प्रतिशत लगानी भएको संस्था अराजक बनेपछि महाप्रवन्धकसँग स्पष्टीकरण सोध्न लागिएको जानकारी दिए।उनका अनुसार दुर्इ दिनभित्रै महाप्रवन्धकसँग स्पष्टीकरण सोधिनेछ।
समितिमा मन्त्रालयबाट सचिव सहित दुर्इ जनाले प्रतिनिधित्व गर्छन्।मन्त्रालयले भ्रष्ट कर्मचारीलार्इ कारवाही नगरेको,नियमविपरित सल्लाहकार राखेको, खानेपानीको बक्यौंतामा वास्ता नगरेको र आफुखुशी निर्णय गरेको आरोप महाप्रवन्धकलार्इ लगाएको छ।यो संस्थाले वैशाखदेखि मन्त्रालयमा समेत कुनै विफ्रिङ गरेको छैन।दुर्इ वर्षदेखि निरन्तर घाटामा रहेको संस्थाले सल्लाहकार नियुक्ती गरेर जथाभाबी पैसा बाँडिएको उपाध्यायले बताए।
उनका अनुसार महाप्रवन्धकले गैरकानुनी रुपमा तलब र भत्ता बढाएका छन्।तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले दिएको १७बुँदे निर्देशनको कुनै पालना भएको छैन।प्रचण्डले बक्यौंता तत्काल उठाउन र खानेपानी चुहावट ४० प्रतिशतमा झार्न दिएको निर्देशन केयुकेएलले अटेर गरेको छ।