राइटपाथको आयोजनामा वैशाख २९ गतेदेखि ग्राण्ड एजुकेसन कन्क्लेभ हुने

बिजमाण्डू
२०८१ बैशाख २६ गते २२:०० | May 8, 2024
राइटपाथको आयोजनामा वैशाख २९ गतेदेखि ग्राण्ड एजुकेसन कन्क्लेभ हुने

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङको आयोजनामा वैशाख २९ गतेदेखि ग्राण्ड एजुकेसन कन्क्लेभ हुने भएको छ।

Tata
GBIME
Nepal Life

विगत वर्षझैं संस्थाले एक साता लामो कन्क्लेभ गर्न लागेको हो। कन्क्लेभ काठमाडौंबाट सुरु गरी देशका मुख्य शहरमा पनि हुने छ। जेठ ८ मा कन्क्लेभ समापन हुने छ।

संस्थाका अनुसार वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङमा कन्क्लेभ हुनेछ।

संस्थाले कन्क्लेभ लक्षित विभिन्न अफर पनि सार्वजनिक गरेको छ। जसअनुसार एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत छुट रहेको छ। सिनेमाको फ्री टिकट तथा अन्य गिफ्टको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजारको आइएलटिएस शुल्क २०८१ रुपैयाँ हुने व्यवस्था कम्पनीले गरेको छ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप्स डिसीले विभिन्न विश्वविद्यालयका प्रतिनिधिबाट विद्यार्थीले कन्क्लेभमा जानकारी लिन पाउने बताए।