आज सोल्टीमोडदेखि रविभवनसम्म विद्युत आपूर्ति बन्द हुने, शुक्रबारसम्म कहाँ कहाँ हुनेछ सेवा अवरुद्ध?

बिजमाण्डू
२०८१ बैशाख २४ गते ०७:०२ | May 6, 2024
आज सोल्टीमोडदेखि रविभवनसम्म विद्युत आपूर्ति बन्द हुने, शुक्रबारसम्म कहाँ कहाँ हुनेछ सेवा अवरुद्ध?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने कार्यका कारण काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रअन्तर्गत विद्युत वितरण शुक्रबारसम्म अवरुद्ध हुने भएको हो।

उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि विद्युत् लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

हिजो गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो।

आज कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र र भोलि मंगलबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्रको विद्युत वितरण अवरुद्ध हुनेछ।

बिहीबार भने गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्रमा विद्युत काटिनेछ।

शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म विद्युत वितरण रोकिनेछ।