लक्ष्मी ग्रुपले नेपाल भित्र्यायो चिनियाँ इभी ब्रान्ड ‘काइवी’, मूल्य ५२ लाख ९६ हजार

बिजमाण्डू
२०८१ जेठ ९ गते ०९:५५ | May 22, 2024
लक्ष्मी ग्रुपले नेपाल भित्र्यायो चिनियाँ इभी ब्रान्ड ‘काइवी’, मूल्य ५२ लाख ९६ हजार

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी ‘काइवी’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। हुन्डाईको गाडी बिक्री गरिरहेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले ‘काइवी’ ब्रान्ड नेपाली बजारमा भित्र्याएको हो।

Tata
GBIME

बुधबार कम्पनीले उक्त गाडी ल्याउनका लागि अधिकतम खुद्रा बिक्री (एमआरपी) मूल्य सार्वजनिक गरेको हो। कम्पनीले सार्वजनिक गरेको गाडीको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ राखिएको छ।

ठूला व्यापारिक घराना पछिल्लो समय नेपाली अटो बजारमा इभीको क्रेजलाई ग्र्याब गर्न इभी ब्रान्डप्रति होमिएका छन्। दशकौँदेखि कोरियन हुन्डाई ब्रान्डको गाडी बिक्री गर्दै आएको यो कम्पनी अब भने चिनियाँ ब्रान्डको गाडी बिक्री गर्न तम्सिएको छ।

कम्पनीले यस्तै अन्य ब्रान्डको इभी ल्याउन पनि कसरत गरिरहेको छ। कम्पनीले अर्को चिनियाँ ब्रान्ड ‘जीली’को जिकर पनि ल्याउने कसरतमा छ।

यस्तै, कमर्सियल इभीमा कामा भन्ने ब्रान्ड पनि यो कम्पनीले ल्याउदै छ। नेपाली बजारमा पहिल्लो समय पेट्रोल भेहिकल बिक्री खासै हुन सकेको छैन। त्यसैले प्रायः सबै पेट्रोल गाडी बिक्रेताहरू इभीतर्फ केन्द्रित भएका हुन्।

त्यही अनुसार लक्ष्मी ग्रुप भने एकातिर २ अर्ब लगाएर हुन्डाईको एसेम्बली प्लान्ट खोलेको छ भने अर्कोतिर अन्य चिनियाँ इभी ब्रान्ड ल्याउन जोड गरिरहेको पनि छ।

कम्पनीले ल्याएको यो काइवी ब्रान्ड चेरी अटोको सब्सीडरी कम्पनीले उत्पादन गरेको हो। यो कम्पनी २०१४ मा चीनको सिचुवानमा स्थापना गरिएको थियो।

यसले इन्धन सवारी पनि उत्पादन गर्छ। कम्पनीसँग अहिले ५ वटा मोडलका गाडीहरू छन्। जसमा सेडान, एसयूभीहरू रहेका छन्। कम्पनीले २०३० सम्म ५ लाख न्यू इनर्जी भेहिकल बिक्री गर्ने लक्ष्य राखेको छ।

कम्पनीले ल्याएको यो गाडी इन्धन इन्जिन रहेको एक्स३ प्रो मोडलको इभी भर्सन हो। यसलाई कम्पनीले फ्लागसिप मोडलका रुपमा बजारमा उतारेको छ।

यसमा मोटर पावर १२० किलोवाट क्षमताको रहेको छ। यसको पिक पावर १६३ पीएस र यसको टर्क २८० एनएमको छ।

यो गाडी ४.४ मिटर लामो एसयूभी हो। यसको चौडाई १.८ मिटर र उचाई १.६ मिटर रहेको छ। यसको ह्वीलबेस भने २ हजार ६३२ एमएमको छ।

यसमा सेल-टु-प्याक स्ट्रक्चर भएको सीएटीएलको लिथियम आयोन फोसफेट सेल ब्याट्री उपलब्ध छ। यस्तै, आईपी६७ हाइ-लेभल प्रोटेक्सन पनि छ जसले डस्ट र पानीबाट जोगाउँछ। यस्तै, यसमा ५३.६ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर दुरी पार गर्न सक्छ।

यसमा ३६० प्यानोरोमिक क्यामेरा, डबल १०.२५ इन्चको एलसीडी स्क्रिन, एलईडी इन्टिग्रेटेड हेडलाइट, स्पोर्ट इन्टेरियर तथा न्यू इनर्जी भेहिकल डिजाइन यसमा छ। यस्तै, सस्पेन्सनको कुरा गर्दा यसमा अगाडि म्याक फोर्सन र पछाडि मल्टि-लिंक इन्डिपेनडेन्ट सस्पेन्सन उपलब्ध छ।

यसमा भएका सेफ्टी फिचरहरूमा एबीएस एन्टि-लक ब्रेक्स, सिट बेल्ट रिमाइन्डर, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ राडर, रिभर्स क्यामेरा, ब्रेक इनर्जी रिकभरी सिस्टम, मेन ड्राइभर्स एयरब्याग र प्यासेन्जर एयरब्याग छ।