सन् २०३० सम्म कोइलाको प्रयोगलाई चरणबद्ध रुपमा घटाउँदै लग्ने जी-७ देशको प्रतिबद्धता

बिजमाण्डू
२०८१ बैशाख १९ गते ०८:१८ | May 1, 2024
सन् २०३० सम्म कोइलाको प्रयोगलाई चरणबद्ध रुपमा घटाउँदै लग्ने जी-७ देशको प्रतिबद्धता

काठमाडौं । जी-७ राष्ट्रहरुले कोइलाको प्रयोगलाई घटाउँदै लग्ने भएका छन्। सन् २०३० को पहिलो ६ महिनामा कोइलालाई चरणबद्ध रूपमा हटाउने जी-७ राष्ट्रहरु प्रतिबद्धता जनाउन तयार भएका हुन्।

Tata
GBIME
Nepal Life

इटालीको टुरिन सहरमा भेला भएका जी-७ देशका मन्त्रीहरूले जलवायु, ऊर्जा र वातावरणका विषयमा छलफलका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

सन् २०३० र सन् २०३५ को बीचमा ऊर्जाको स्रोतका रूपमा कोइला हटाउने मिति तय गर्नमा ध्यान केन्द्रित गर्दै उनहरूले आफ्नो प्रतिबद्धतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

सो छलफलमा बेलायतका ऊर्जामन्त्री एन्ड्र्यु बोवीले सन् २०३० को पहिलो ६ महिनामा कोइलाको प्रयोगलाई चरणबद्ध रुपमा घटाउँदै गर्ने सम्झौता भएको बताए।

जि–७ मा क्यानाडा, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, बेलायत र जापान समावेश छन्।