३९९ रुपैयाँमा ३० जीबी डेटा, ग्राहकका लागि टेलिकमले कुन कुन अफर ल्यायो ?

बिजमाण्डू
२०८१ बैशाख १८ गते १६:१९ | Apr 30, 2024
३९९ रुपैयाँमा ३० जीबी डेटा, ग्राहकका लागि टेलिकमले कुन कुन अफर ल्यायो ?

काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको छ। ‘समृद्ध नेपालको आधार, सूचनाप्रविधि र सञ्चार’ भन्ने मूलनाराका साथ वैशाख २० गते सो दिवस मनाइँदैछ।

Tata
GBIME
Nepal Life

टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ।

यस्तै, डेटा प्याकेज अन्तर्गत १११ रुपैयाँ मा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, २९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।

अफर वैशाख १९ देखि वैशाख २१ सम्म लागू हुने टेलिकमले जनाएको छ।

यस्तै, टेलिकमले ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि उपलब्ध हुने जनाएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको प्याकेज सार्वजनिक गरिएको छ।

सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधायस उपलब्ध हुनेछ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले सो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्ज बाटै यो शुल्क काटिने सुविधा उपलब्ध हुनेछ।