अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई पहिलो चरणमा १ अर्ब ४६ करोड रुपैयाँ ऋण दिने

बिजमाण्डू
२०८१ बैशाख १८ गते १३:१० | Apr 30, 2024
अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई पहिलो चरणमा १ अर्ब ४६ करोड रुपैयाँ ऋण दिने
Photo : Bolnews

आर्थिक संकटसँग गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले १.१ बिलियन अमेरिकी डलर (१ अर्ब ४६ करोड रुपैयाँ) ऋण दिने भएको छ।

Tata
GBIME
Nepal Life

गत वर्ष आइएमएफले पाकिस्तानलाई ३ बिलियन अमेरिकी डलर ऋण दिन सहमति जनाएको थियो। सोमबार पहिलो चरणमा १.१ बिलियन दिने सहमति भएको पाकिस्तानले अर्थ मन्त्रालयले जनाएको छ।

आइएमएफले सो ऋण सहायताले पाकिस्तानको अर्थतन्त्रमा स्थिरता आउनेमा विश्वास व्यक्त गरेको छ। यद्यपि, पाकिस्तानमा भने वैदेशिक ऋण सहायता धेरै भएको भन्दै त्यसलाई कम गर्दै लग्नुपर्ने आवाज पनि उठिरहेको छ।