सुन प्रति तोला १ लाख ३७ हजार २ सयमा स्थिर, चाँदीमा १५ रुपैयाँको गिरावट

बिजमाण्डू
२०८१ बैशाख १८ गते ११:१२ | Apr 30, 2024
सुन प्रति तोला १ लाख ३७ हजार २ सयमा स्थिर, चाँदीमा १५ रुपैयाँको गिरावट

काठमाडौं। साताको तेस्रो दिन सुन तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा स्थिर छ। आइतबारका तुलनामा ४ सय घट्दा सोमबार उक्त मूल्य कायम भएको हो। गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

Tata
GBIME
Nepal Life

गत शुक्रबारका तुलनामा ४ सयको बढोत्तरीले आइतबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँ पुगेको थियो। उच्च मूल्यमा पुगेको सुनको कारोबार मूल्य चालु महिना घट्दा पनि तोलाको १ लाख ३५ हजार ५ सय रुपैयाँभन्दा तल गएको छैन।

चाँदीको कारोबार मूल्यमा १५ रुपैयाँको गिरावट छ। मंगलबार चाँदी प्रति तोला १६ सय ५० रुपैयाँ भएको छ। आइतबार कायम मूल्यमा ५ रुपैयाँ बढ्दा सोमबार तोलाको १६ सय ६५ रुपैयाँ भएको थियो। आइतबार १६ सय ६० रुपैयाँ थियो भने गत शुक्रबार १६ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनचाँदीको कारोबार मूल्य घटेको छ। सुन प्रति औंस २३२६.१ डलरले कारोबार भइरहेको छ। सोमबार प्रति औंस २३३३.१८ र आइतबार २३३७.९३ डलर थियो।

चाँदी प्रति औंस २६.८५ डलर भएको छ। सोमबार २७.३१ र आइतबार २७.१८ डलरले कारोबार भएको थियो।