सेयर बजारमा वित्तीय सूचक नाजुक भएका फाइनान्सको राज, सर्वाधिक कारोबार हुने ५ वटै फाइनान्स

बिजमाण्डू
२०८१ बैशाख १७ गते १५:३५ | Apr 29, 2024
सेयर बजारमा वित्तीय सूचक नाजुक भएका फाइनान्सको राज, सर्वाधिक कारोबार हुने ५ वटै फाइनान्स

काठमाडौं। सोमबार कारोबार सुरु भएदेखि उतारचढाव देखिएको सेयर बजार अन्तिममा खुलेकै विन्दुमा बन्द भयो। नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १९८०. ३४ को विन्दुमा छ।

Tata
GBIME
Nepal Life

१३ मध्ये ४ उपसमूहको सूचक बढ्दा फाइनान्स उपसमूहको सूचक ४.१७ प्रतिशतले उकालो लागेको छ। खराब वित्तीय अवस्था भएका फाइनान्स कम्पनीको सेयर मूल्य लगातार उकालो लागेको हो।

पोखरा, जानकी र नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यी कम्पनीको सेयर मूल्य लागतार उकालो लागेको यो चौथो दिन हो।

२ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच हुँदा धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीको सूचीमा फाइनान्स कम्पनी नै छन्।

पोखरा फाइनान्सको सर्वाधिक १७ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख, जानकी फाइनान्सको ९ करोड ३२ लाख, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख र मर्टिपर्पोज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

९९ कम्पनीको सेयर मूल्य घट्दा पिलुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतले गुमाएका छन्।