
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रति लिटर ७ र डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँले मूल्य घटाइएको छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ।
समायोजित मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा प्रति लिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँमा कारोबार हुनेछ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५१ रुपैयाँ ५० पैसा, दोस्रोमा १५३ र तेस्रोमा १५४ रुपैयाँ प्रति लिटरमा कारोबार हुनेछ।