प्रविधि क्षेत्रमा नेपालको उपलब्धि देखेर अमेरिका खुसी, ‘थप लगानी र सहकार्यका लागि तयार’

बिजमाण्डू
२०८१ बैशाख १६ गते ११:२३ | Apr 28, 2024
प्रविधि क्षेत्रमा नेपालको उपलब्धि देखेर अमेरिका खुसी, ‘थप लगानी र सहकार्यका लागि तयार’

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केसपले नेपालले प्रविधि क्षेत्रमा हासिल गरेको उपलब्धिको तारिफ गरेका छन्।

Tata
GBIME
Nepal Life

आज आयोजना भइरहेको लगानी सम्मेलनमा आफ्नो मन्तव्य राख्दै उनले प्रविधि क्षेत्रमा नेपालले राम्रो गरिरहेको भन्दै त्यसले अमेरिकी कम्पनी खुसी भएको बताएका हुन्।

‘नेपालले पर्यटन र ऊर्जा क्षेत्रमा फड्को मार्न सक्छ। सूचना प्रविधि क्षेत्रमा नेपालले हासिल गर्दै गएको उपलब्धिले अमेरिका खुसी छु,’ उनले भने।

अमेरिकी कम्पनीहरुले लामो समयदेखि नेपालमा लगानी गरिरहेको भन्दै त्यो लगानी अझै बढ्दै जाने आश्वासन व्यक्त गरे।  

यस्तै, उनले नेपालमा डेटा सेन्टरलगायतका पूर्वाधारमा फड्को मार्न सक्ने पनि बताए।

‘त्यसका लागि अमेरिकी कम्पनी सहकार्य गर्न तयार छ,’ उनले भने।