भारतीय उद्योगीका लागि नेपाल सम्भावना बोकेको देश, ‘सस्तो ऊर्जाको पहुँच विस्तारमा महत्त्वपूर्ण’

बिजमाण्डू
२०८१ बैशाख १६ गते ११:१२ | Apr 28, 2024
भारतीय उद्योगीका लागि नेपाल सम्भावना बोकेको देश, ‘सस्तो ऊर्जाको पहुँच विस्तारमा महत्त्वपूर्ण’

काठमाडौं । भारतको आइटीसी लिमिटेडका निर्देशक सुप्रतिम दत्तले नेपाल ठूलो सम्भावना बोकेको देश भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनमा उनले नेपालको कृषि, सडक पूर्वाधार, सूचना प्रविधि, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता इच्छुक रहेको बताएका हुन्।

नेपाल र भारतबीच भएको ऊर्जा सम्झौताले भारतीय लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न थप वातावरण निर्माण गरेको उनको भनाइ थियो।

यस्तै, सार्क चेम्बर अफ कमर्सका अध्यक्ष मोहम्मद जसिम उद्दिनले सार्क क्षेत्रका नेपाल, भुटानलगायतका देश जलविद्युतको ठूलो सम्भावना बोकेको बताए।

उनले सस्तो ऊर्जाको पहुँच विस्तारमा नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताए।