प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच ‘वन टु वान’ भेटवार्ता, द्विपक्षीय वार्तापछि सम्झौता गरिने

बिजमाण्डू
२०८१ बैशाख १२ गते ११:१५ | Apr 24, 2024
प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच ‘वन टु वान’ भेटवार्ता, द्विपक्षीय वार्तापछि सम्झौता गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी। तस्वीर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच आज सोल्टी होटलमा भेटवार्ता भएको हो।

Tata
GBIME
Nepal Life

‘वन टु वान’ वार्तापछि प्रधानमन्त्री दाहाल र कतारका अमिर प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा सहभागी भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी। तस्वीर: प्रधानमन्त्रीको सचिवालय

प्रतिनिधिमण्डलस्तरीय वार्ता दुई देशको सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयका सदस्यले बताएका छन्।

नेपाल र कतारबीचको द्विपक्षीय वार्ता। तस्वीर: प्रधानमन्त्रीको सचिवालय

द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर गर्ने तालिका छ। त्यसपछि कतारी अमिर आफ्नो सम्मानमा प्रधानमन्त्री दाहालले राखेको दिवाभोजमा सहभागी हुनेछन्।

उनी आज अपराह्‍न कतार फर्किने तालिका छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी मंगलबार अपराह्न आएका हुन्।