कांग्रेस सांसद उपस्थित नभएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

बिजमाण्डू
२०८१ बैशाख ७ गते १७:३५ | Apr 19, 2024
कांग्रेस सांसद उपस्थित नभएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

Tata
GBIME
Nepal Life

सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेको सूचना पढेर सुनाएपछि बैठक स्थगित गरेका हुन्।

बैठकमा बिनाविभागीयमन्त्री हरिबहादुर चुमानले जीवनासक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेकामा सभामुख धितालले कार्यसूची अघि बढाउनुको साटो अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरे।

मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिलाई लिएर सर्वोच्च अदालत गएको कांग्रेसले सर्वोच्चको आदेशविपरीत अधिवेशन आह्‍वान गरिएको भन्दै बैठक बहिष्कार गरेको हो। सर्वोच्चले मुख्यमन्त्रीलाई दीर्घकालीन महत्वका काम नगर्न अन्तरिम आदेश दिएको अवस्थामा बैठक आह्‍वान गरिएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

कांग्रेसले दायर गरेको रिटमा वैशाख १० गते पेशी तोकिएको छ।