सेयर बजार १९.५६ अंकले घट्यो, रुरु जलविद्युतको सेयरमा दोस्रो दिन नेगेटिभ सर्किट

बिजमाण्डू
२०८१ बैशाख ६ गते १५:२५ | Apr 18, 2024
सेयर बजार १९.५६ अंकले घट्यो, रुरु जलविद्युतको सेयरमा दोस्रो दिन नेगेटिभ सर्किट

काठमाडौं। नयाँ वर्षसँगै यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को विन्दुमा झरेको छ।

Tata
GBIME
Nepal Life

सबै उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा बजार दोहोरो अंकले घटेको हो। बिहीबार माइक्रोफाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक १.७२ प्रतिशतले गुमाएका छन्।

कारोबारमा आएका ३१५ कम्पनीमध्ये २११ वटाको सेयर मूल्य घटेको छ भने २७ कम्पनीको मात्रै बढेको छ।

घटेका सेयरमध्ये सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्यमा बिहीबारसहित दोस्रो दिन लगातार नेगेटिभ सर्किट लागेको हो।

आज २ अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सर्वाधिक कारोबार हुनेमा गोर्खाज फाइनान्स १७ करोड ८२ लाखसहित पहिलो स्थानमा रह्यो।

घटेको बजारमा पनि खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.९४ प्रतिशतले कमाएका छन्।