रोयल इन्फिल्डका बाइकको ट्रेनिङ सेन्टर संचालनमा, प्राविधिकलाई तालिम सहज

बिजमाण्डू
२०८१ बैशाख ६ गते १४:५२ | Apr 18, 2024
रोयल इन्फिल्डका बाइकको ट्रेनिङ सेन्टर संचालनमा, प्राविधिकलाई तालिम सहज

काठमाडौं। प्रिमियम बाइक कम्पनी रोयल इन्फिल्ड नेपालमा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटियभले बिहीबार बालकुमारीमा सेन्टर संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

रोयल इनफिल्डका बाइकहरु मर्मतको तालिम दिइन उक्त सेन्टर उद्‍घाटनमा रोयल इन्फिल्ड भारतबाट प्रतिनिधिहरुको उपस्थिति थियो। कम्पनीका प्रबन्ध निर्देशक हर्ष सांघाईले उक्त ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका सबै टेक्सियन तथा इन्जिनियरहरुलाई ट्रेनिङ प्रदान गरिने बताए।

यसको रोयल इन्फिल्डको मात्रै नभइ फ्रिलान्सर टेक्सियनलाई पनि ट्रेनिङ प्रदान गर्ने उनको भनाइ छ। यो बाइकहरुको पारखी र रोयल इन्फिल्डका ग्राहकहरुका लागि सिक्ने राम्रो अवसर हुने उनको भनाइ छ।

‘हामीले हाम्रो सर्भिसलाई अझै राम्रो बनाउन खोजिरहेका छौं। यसले यो कुरालाई मद्दत गर्ने विश्वास छ,’ उनले भने, ‘ हाम्रो आफ्टर सेल्स सर्भिस वर्ल्ड क्लासको छ। यसलाई निरन्तरता दिने छौं।’

यो ट्रेनिङ सेन्टरमा वर्कशपदेखि सबै इक्वीपमेन्टहरु राखिएका छन्। ताकी सबै विषयमा तालिम दिन सहज होस्। पर्याप्त स्पेसयुक्त सेन्टरमा रोयल इन्फिल्डको बाइकहरुदेखि स्पेयर पार्ट्सहरु पनि राखिएको छ