राष्ट्रपति पौडेलद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

बिजमाण्डू
२०८१ बैशाख ६ गते १२:४० | Apr 18, 2024
राष्ट्रपति पौडेलद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा शाक्यलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गरेका हुन्।

Tata
GBIME
Nepal Life

नेकपा एमालेकी शाक्यलाई सरकारले चैत ३० गते राष्ट्रिय सभाको रिक्त रहेको सिटमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

मनोनीत कोटामा यसअघि एमालेकै विमला राई पौडेल थिइन्। उनको ६ वर्षे कार्यकाल फागुन २० गते पूरा भएको थियो। राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुस १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन्।

गठबन्धनको तर्फबाट मनोनीत कोटामा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति भएको भनिएको थियो। तर जनमोर्चा अहिले नयाँ सत्ता समीकरणमा छैन।