मजदुर वर्गका मतदाताको मन जित्ने प्रयासमा बाइडेन, चिनियाँ स्टिलमा कर बढाउन प्रस्ताव

बिजमाण्डू
२०८१ बैशाख ६ गते ०९:२४ | Apr 18, 2024
मजदुर वर्गका मतदाताको मन जित्ने प्रयासमा बाइडेन, चिनियाँ स्टिलमा कर बढाउन प्रस्ताव
Photo: Elizabeth Frantz/Reuters

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आउने केही स्टिल र आल्मुनियममा ३ गुणा कर बढाउन प्रस्ताव गरेका छन्

Tata
GBIME
Nepal Life

चीनविरुद्ध कडा व्यापारिक नीतिका लागि परिचित डोनाल्ड ट्रम्पविरूद्ध आगामी चुनावमा प्रतिस्पर्धा गर्न लागेका बाइडेनले अंगालेको यो पछिल्लो संरक्षणवादी नीति हो।

यो प्रस्तावको उद्देश्य अमेरिकी रोजगारीलाई ‘अनुचित’ प्रतिस्पर्धाबाट जोगाउनु रहेको ह्‍वाइट हाउसले बताएको छ। चीनले यसअघि स्टिल र आल्मुनियम विदेशमा ‘डम्प’ गरेको भन्‍ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

अन्तर्राष्ट्रिय व्यापारमा डम्पिङको अर्थ उत्पादनलाई ठूलो मात्रामा अर्को देशमा निकै सस्तो मूल्यमा बेच्नु हो। यसले प्रायः स्थानीय उद्योगको आफ्नै उत्पादनको बजारलाई हानी पुर्‍याउन सक्छ।

बुधबार पेन्सिल्भेनियामा युनाइटेड स्टिलवर्कर्स युनियनका सदस्यहरूसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका थिए। चिनियाँ सरकारले अनुदान दिने भएकाले कम्पनीहरूले ‘नाफा कमाउने चिन्ता लिनु नपर्ने’ हुँदा उनीहरूले ‘अनुचित मूल्य’मा बिक्री गरिरहेको उनले बताए।

‘उनीहरूले जालसाजी गरिरहेका छन्,’ श्री बिडेनले भने, ‘र त्यसको असर अमेरिकामा परिरहेको हामीले देखेका छौँ।’

उनले चिनियाँ आयातका कारण २००० को दशकको सुरुवातमा हजारौं स्टिलवर्करको रोजगारी गुमेको बताए।

उनले भने, ‘हामी फेरि पनि त्यस्तो हुन दिने छैनौँ।’

अमेरिकास्थित चिनियाँ दूतावासले बाइडेनले प्रस्ताव गरेको नीतिको ‘घोर विरोध’ गर्ने बताएको छ।

‘चीन लगायत अमेरिकाका धेरै व्यापारिक साझेदारहरू उसले बारम्बार राष्ट्रिय सुरक्षा, गैर-बजार व्यवहार, अत्यधिक क्षमता जस्ता विभिन्‍न बहानामा प्रतिबन्ध लगाउने तथा व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने गरेकाले असन्तुष्ट छन्,’ दूतावासका प्रवक्ता लिउ पेंग्युले भने।

अमेरिकाले ‘अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमहरूको उल्लङ्घन गर्ने कार्यहरू रोक्न’ र करहरू रद्द गर्न चीनसँग सहकार्य गर्नेछ भन्‍नेमा आफूले विश्‍वास गरेको उनले बताए।

अन्तर्राष्ट्रिय मुद्रा कोषले मंगलबार यस प्रकारको भूराजनीतिक तनावले विश्‍वव्यापी आर्थिक वृद्धिलाई नोक्सान पुर्‍याउने र मुद्रास्फीतिलाई गलत दिशामा धकेल्ने खतरा निम्त्याउने चेतावनी दिएको थियो।

अमेरिकाले आयातको सानो अंशमा कायम कर ७.५ प्रतिशतबाट २५ प्रतिशत पुर्‍याउने तयारी गरेको हो। यो करहरूका कारण अमेरिकामा मूल्यहरू बढ्ने तर्कलाई अमेरिकाले अस्वीकार गरेको छ।

अमेरिकाको स्टिल उद्योगको लागि प्रमुख स्थान मानिने पिट्सबर्गमा भएको चुनावी र्‍यालीका क्रममा बाइडेनले यो प्रस्ताव तथा अन्य उत्पादन समर्थक प्रयासहरूबारे छलफल गरेका थिए।

बाइडेन र ट्रम्पले नोभेम्बरको चुनावमा निर्णायक भोटिङ ब्लक हुन सक्ने मजदुर वर्गका मतदाताहरूको समर्थनका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

कर बढाउनुको साथै ह्‍वाइट हाउसले चिनियाँ जहाज निर्माण र लजिस्टिक क्षेत्रहरूमा अनुचित व्यापार अभ्यासहरूको अनुसन्धान पनि सुरु गर्ने बताएको छ। जसका लागि अमेरिकी स्टिलवर्कर्स युनियन र अन्य संस्थाले अनुरोध गर्दै आएका थिए।

मेक्सिको हुँदै ढुवानी गरेर अमेरिकी सीमा करबाट बच्न खोज्ने चिनियाँ कम्पनीहरूविरुद्धको कारबाहीमा पनि जोड दिइरहेको ह्‍वाइट हाउसले बताएको छ।

बाडडेनले जापानको निप्पोन स्टिलले अमेरिकी स्टिल किन्‍ने विषयको विरोध पनि गरेका छन्। यो व्यवसाय अमेरिकाको स्वामित्वमा नै रहनुपर्ने उनले विश्‍वास व्यक्त गरे।

चीनबाट आयात हुने धेरै स्टिल र आल्मुनियमले यसअघिदेखि नै सीमा करको सामना गर्नुपरेको छ। जसमा निश्‍चित स्टिल उत्पादनहरूमा २५ प्रतिशतसम्म कर लगाइएको छ। राष्ट्रिय सुरक्षा औचित्य प्रयोग गरेर पूर्व राष्ट्रपति ट्रम्पको नेतृत्वमा उक्त कर लगाइएको थियो।

अमेरिकाको उक्त कदमले विश्‍वव्यापी व्यापार नियमहरूको उल्लङ्घन भएको विश्‍व व्यापार संगठनले ठहर गरेपछि धेरै देशहरूका लागि कम गरिएको थियो।

बाइडेनले सबै आयातमा १० प्रतिशत सीमा कर लगाउने प्रस्ताव गरेका छन्। उक्त कर लागू भएमा चीनबाट आउने वस्तुमा लाग्ने कर ६० प्रतिशतभन्दा बढी पुग्ने छ।