सामसङको ग्यालेक्सी एम १४ एलटीई सार्वजनिक, नेपालमा बिहीबारदेखि उपलब्ध हुने, मूल्य कति?

बिजमाण्डू
२०८१ बैशाख ५ गते १९:५७ | Apr 17, 2024
सामसङको ग्यालेक्सी एम १४ एलटीई सार्वजनिक, नेपालमा बिहीबारदेखि उपलब्ध हुने, मूल्य कति?

काठमाडौं। स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ एलटीई सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री र अत्याधुनिक अक्टा-कोर प्रोसेसरसहितको मोबाइल सार्वजनिक गरिएको हो। ग्राहकको वास्तविक साथी हुने गरी मोबाइल तयार गरिएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी एम १४ एलटीई कम प्रकाशको फोटोग्राफीका लागि समेत उत्कृष्ट भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार ५००० एमएएच ब्याट्रीका कारण मोबाइल घण्टौंसम्म चार्ज नगरी चलाउन मिल्छ।

निलो र गाढा निलो रङमा पाइने मोबाइलको मूल्य ४/६४ जीबी संस्करणका लागि १६,९९९ र ६/१२८ जीबी संस्करणका लागि २१,९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो मोडल बिहीबार (अप्रिल १८ देखि) देशभरका सबै रिटेल आउटलेटमा उपलब्ध हुने सामसङ नेपालले जनाएको छ।