सीजी मोटर्सले काठमाडौं ल्याएको नेटा एक्सको ‘फस्ट लुक’, फिचर्स र मूल्य यस्तो

बिजमाण्डू
२०८१ बैशाख ५ गते १८:५५ | Apr 17, 2024
सीजी मोटर्सले काठमाडौं ल्याएको नेटा एक्सको ‘फस्ट लुक’, फिचर्स र मूल्य यस्तो

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ गाडी उत्पादक कम्पनी होजनले उत्पादन गरेको नयाँ मोडल नेटा एक्स नेपालमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

हाल नेटा एक्स गाडी थापाथलीस्थित नेटाको शोरुममा राखिएको छ। कम्पनीले यसलाई आधिकारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छैन। छिट्टै कार्यक्रम गरेर गाडी लन्च गर्ने तयारी छ।

नेपाली बजारमा सो गाडी तीनवटा भेरियन्टमा ल्याउने तयारी थियो। तर, हाललाई भने दुईवटा भेरियन्टमा मात्र ल्याइएको छ। ‘लन्च’सँगै गाडी बुक गरेकाहरुलाई डेलिभर गरिनेछ। नेटा एक्सको बुकिङ केही महिना अघि नै खुला गरिएको थियो।

नेटा एक्सको मूल्य नेपाली बजारमा ५२ लाख ९९ हजार देखि ६२ लाख रुपैयाँ तोकिएको छ। कम्पनीले ल्याएको यो गाडीमा ५१.८ किलोवाटर आवर(युनिट) र ६२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। कम्पनीले तत्कालको लागि यही दुई ब्याट्री विकल्प भएको नेटा एक्स नेपाल ल्याएको हो।

यसको ५१.८ किलोवाटर आवर(युनिट) ब्याट्री प्याकले फुल चार्जमा ४०१ किलोमिटर र ६२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले फुल चार्जमा ५०१ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा १०० किलोवाट क्षमताको मोटर छ।

नेटा एक्समा १८ इन्चको फ्रन्ट एण्ड रियर ह्विल छ। यसको म्याक्स टर्क २१० एनएम र म्याक्स पावर १६३ हर्सपावर छ। गाडीको ग्राउन्ड क्लियरेन्स १८५ एमएमको छ।

साथै, गाडीमा ६ वटा एयरब्याग, १९ भन्दा बढी सेन्सर फिचर, २३ भन्दा बढी एल २ प्लस इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स फङ्सन उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यससँगै नेटा एक्समा पानारोमिक सनरुफ, १५.६ इन्चको एलसीडी इन्स्टुमेन्ट, ८.९ इन्चको क्लस्टर रहेको छ छ। गाडी ह्वाइट, स्काइ ग्रे, एम्बर ब्राउन, ग्लामर पिंक, ग्लासियर ब्लु र एक्सिट्रिम इन्टेलिजेन्स ब्लाक कलरमा गाडी उपलब्ध हुनेछ।

यो गाडीको प्रतिस्पर्धा अहिले नेपाली बजारमा बीवाइडी एटो थ्रि, ओमोडा ई५, सेरेस ३ र एमजी जेडएस इभी हो।