स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगंजमा, ग्राहकलाई किस्ताबन्दी र एक्सचेन्ज सुविधा

बिजमाण्डू
२०८१ बैशाख ५ गते १७:४८ | Apr 17, 2024
स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगंजमा, ग्राहकलाई किस्ताबन्दी र एक्सचेन्ज सुविधा
स्विच अन रिटेलको शोरुम उद्‍घाटन गरिंदै

काठमाडौं। विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोबाइल फोन बेच्ने स्विच अन रिटेलले आफ्नो तेस्रो शोरुम नेपालगंजको धम्बोजी चोकमा सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

स्विच अन रिटेलले काठमाडौंको नक्साल र भक्तपुरको गठ्ठाघरपछि नेपालगंजमा शोरुम सञ्चालनमा ल्याएको हो। सांसद धवल शम्शेर राणा र नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बुधबार शोरुम उद्‍घाटन गरे।

स्विच अन रिटेल प्रालिकी प्रबन्ध निर्देशक सीमा गोल्छाले नेपालगंज पश्चिम नेपालकै प्रमुख व्यापारिक सहर भएकाले शोरुम खोलेको बताइन्।

शोरुममा मोबाइल, टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, एयर कन्डिसनर लगायत इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान राखिएका छन्। शोरुममार्फत ग्राहकलाई किस्ताबन्दी र एक्सचेन्ज सुविधा पनि दिने कम्पनीले जनाएको छ।

किस्ताबन्दीमा ब्याज र सेवा शुल्क नलाग्ने गोल्छाले बताइन्। ‘यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन। किस्ताबन्दीको प्रक्रिया पूरा गर्न ९० मिनेटभन्दा धेरै समय लाग्दैन,’ उनले भनिन्।