सेयर लगानीकर्ता र ब्रोकरलाई लक्षित गर्दै सोर्स कोडको स्टक एनालिटिक्स सफ्टवेयर

बिजमाण्डू
२०८१ बैशाख ५ गते १६:२७ | Apr 17, 2024
सेयर लगानीकर्ता र ब्रोकरलाई लक्षित गर्दै सोर्स कोडको स्टक एनालिटिक्स सफ्टवेयर

काठमाडौं। सोर्स कोडले निर्माण गरेको स्टक एनालिटिक्स सफ्टवेयर (एसएएस) नेपाली पुँजी बजारका लागि उपयोगी बन्दै गएको छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय मापदण्डलाई आत्मसाथ गर्दै निर्माण गरिएको उक्त सफ्टवेयरमा रहेको आधुनिक टुल तथा इन्साइट्सले लगानीकर्तालाई सहज बनाउँदै लगेको कम्पनीले जनाएको छ। जसका कारण यसको प्रयोग बढ्दै गएको छ।

सोर्स कोडका प्रमुख कार्यकारी अधिकृत अमोद भट्टराईले सफ्टवेयर लञ्च गरिएपछि आइरहेको प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताएका छन्।

‘हामीले नेपालको फाइनान्स सेक्टरमा गरेको इन्नोभेसन र प्रतिबद्धतालाई एसएएसले पाएको प्रतिक्रियाले इंगित गरेको जस्तो लाग्छ। विश्वस्तरीय प्रविधि ल्याउन पाउँदा हामी गर्व गर्छौं। यसले नेपाली लगानीकर्ता र ब्रोकरलाई सशक्तिकरण गर्न सहयोग पुगिरहेको छ। यसको प्रयोग गरेर हाम्रा ग्राहकहरुले एउटै प्लाटफर्मबाट पोर्टफोलियो पछ्याउनुका साथै ब्रोकरसँगको कारोबार र बजारको रियल टाइम सूचना पाउनु हुन्छ,’ भट्टराईले भने।

कम्पनीले ३ इन १ केवाइसी प्रक्रियामार्फत सहजै खाता खोल्न सकिने जनाएको छ। लगानीकर्ताहरुले सफ्टवेयरकै माध्यमबाट आफूले लिनु पर्ने वा तिनुपर्ने रकमको जानकारीसमेत दिन्छ। एक सयभन्दा धेरै प्राविधिक इन्डिकेटर सफ्टवेयरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।