बोइङ विमान ग्राउन्डेड गर्नुपर्दा युनाइटेड एयरलाइन्सलाई २६ अर्ब ७६ करोड रुपैयाँको नोक्सान

बिजमाण्डू
२०८१ बैशाख ५ गते १५:१६ | Apr 17, 2024
बोइङ विमान ग्राउन्डेड गर्नुपर्दा युनाइटेड एयरलाइन्सलाई २६ अर्ब ७६ करोड रुपैयाँको नोक्सान
Photo : CBS


अमेरिकाको विमान कम्पनी युनाइटेड एयरलाइन्सले बोइङका कारण २०० मिलियन डलर (करिब २६ अर्ब ७६ करोड रुपैयाँ) नोक्सान भएको जनाएको छ। सन् २०२४ को पहिलो त्रैमासमा यो नोक्सानी ब्यहोर्नु परेको कम्पनीले दाबी गरेको हो।

Tata
GBIME

गत जनवरीमा अलास्का एयरको बोइङ ७३७ म्याक्स ९ विमानको सीमा उड्दै गर्दा फुटेपछि अमेरिकामा बोइङ विमान ग्राउन्डेड गरिएको थियो। जसको असर युनाइटेड एयलाइन्सको व्यवसायमा पनि परेको थियो।

युनाटेड एयरलाइन्ससँग ७९ वटा बोइङ ७३८ म्याक्स ९ विमान छ। सो मोडलको सबैभन्दा बढी विमान अलास्कासँग छ। दोस्रोमा युनाइटेड एयरलाइन्स आउँछ। उड्दाउड्दै सीमा विस्फोटको घटनापछि अलस्का र युनाइटेडका सबै बोइङ विमान ग्राउन्डेड गरिएको थियो। त्यस बेला धेरै वटा उडानहरु रद्द गर्नु परेको थियो। वायु सेवा नियामकहरुले विमान उडान संचालन गर्न अनुमति नदिँदासम्म ती विमान उड्न पाएको थिएन।

अनुसन्धानका क्रममा विमानको बोल्ट राम्ररी नकसेको भेटिएको थियो। जसको असर बोइङको व्यापारमा अहिलेसम्म परेको छ। पछिल्लोपटक बोइङमाथि विमान उत्पादनमा सर्टकट लिएको आरोप पनि लागेको छ।

अप्रिलको सुरुवातमा बोइङले अलास्कालाई १६० मिलियन डलर (४१ अर्ब ४० करोड) क्षतिपूर्ति दिएको थियो।