
काठमाडौं। नेपाल राष्ट्र बैंकको शक्तिशालीमध्येको बैंक सुपरीवेक्षण विभागमा दीर्घबहादुर रावललाई ल्याइएको छ। निर्देशकबाट बढुवा भएलगत्तै रावललाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको हो।
उनी लामो समय वित्तीय जानकारी इकाइकको प्रमुख थिए। नियमन विभागमा पनि बसेका थिए। पछिल्लो समय उनी मुद्रा व्यवस्थापन विभागमा थिए।
मुद्रा व्यवस्थापन विभागमा बैंक सुपरीवेक्षणका रामु पौडेललाई लगिएको छ। डा. विश्वनाथ पौडेल गभर्नरका रुपमा आएपछि भएका सरुवामध्ये यसपालिको अर्थपूर्ण छ। यसअघिको सरुवामा उनले शक्तिशाली विभागका हाकिमहरुलाई चलाएका थिएनन्।
रावल निर्देशक हुँदा मुद्रा व्यवस्थापन विभागका हाकिम रहेका प्रदीपराज पौडेललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ।