विमान उत्पादनमा ‘सर्टकट’ अपनाएको आरोपपछि थप दबाबमा बोइङ, घट्यो सेयर मूल्य

बिजमाण्डू
२०८० चैत्र २८ गते ११:४४ | Apr 10, 2024
विमान उत्पादनमा ‘सर्टकट’ अपनाएको आरोपपछि थप दबाबमा बोइङ, घट्यो सेयर मूल्य
Photo : Reuters

बोइङ विमानको उत्पादनका क्रममा कम्पनीले ‘सर्टकट’ अपनाएको भन्दै अमेरिकाको वायुसेवा नियामक निकायमा रिपोर्ट पुगेको छ। पछिल्लो समय विमानको सुरक्षा सतर्कतालाई लिएर प्रश्न उठिरहँदा यो रिपोर्टले बोइङलाई थप दबाबमा पारेको छ।

Tata
GBIME
Nepal Life

इन्जिनियर सान सेलहपरले बोइङले ७८७ र ७७७ विमान निर्माणका क्रममा ‘सर्टकट’ अपनाएको आरोप लगाएका हुन्। उनले कम्पनीका मालिकसँग यसबारेमा चिन्ता व्यक्त गर्दा जागिरबाट निकाल्ने धम्की दिएको पनि उल्लेख गरेका छन्।

बोइङले भने सामले लगाएको आरोपहरुलाई गलत भन्दै आफ्नो विमानहरु सुरक्षित रहेको स्पष्टीकरण दिएको छ।

सामको आरोप पछि अमेरिकी संघीय वायुसेवा प्रशासनले त्यसबारे अनुसन्धान पनि सुरु गरेको छ। जसकारण मंगलबार बोइङको सेयर मूल्य मंगलबार दुई प्रतिशत घटेको थियो।

गत जनवरीमा अलस्का एयरको बोइङ विमानको सीसा उडिरहेको बेला फुटेको थियो। त्यसपछि गरिएको अनुसन्धानमा बोइङको ७३७ म्याक्स विमानको बोल्ट राम्ररी नकसिएको फेला परेको थियो। जसकारण सयौं बोइङ विमान ग्राउन्डेड गरेर उडान रद्द गरिएको थियो।

हालै अमेरिकाको साउथवेस्ट एयरलायन्सको बोइङको इन्जिनको कभर खसेको घटना पनि सार्वजनिक भएको छ। यसबारे पनि अनुसन्धान भइरहेको छ।

पछिल्लो समय बोइङ विमानमा समस्या आइरहेको कारण कम्पनीले सन् २०२१ पछि सबैभन्दा कम संख्यामा विमान डेलिभर गरेको छ। सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीले मात्र ८३ वटा विमान डेलिभर गरेको छ।