उडिरहेको विमानमा सीसा फुटेको प्रकरण : बोइङले अलस्का एयरलाई ४१ अर्ब ४० करोड दिने

बिजमाण्डू
२०८० चैत्र २३ गते ११:१६ | Apr 5, 2024
उडिरहेको विमानमा सीसा फुटेको प्रकरण : बोइङले अलस्का एयरलाई ४१ अर्ब ४० करोड दिने

उडिरहेको विमानको सिसा फुटेको घटनामा बोइङले अलस्का एयरलाई १६० मिलियन अमेरिकी डलर (करिब ४१ अर्ब ४० करोड रुपैयाँ) दिने भएको छ।

Tata
GBIME
Nepal Life

गत जनवरीमा उडिरहेको अलस्का एयरको बोइङ ७३७ म्याक्स विमानको सीसा फुटेको थियो। त्यसपछि गरिएको अनुसन्धानमा विमानका बोल्टहरू राम्ररी नकसिएको पाइएको थियो।

सो घटनापछि बोइङका २०० विमान ग्राउन्डेड गरिएको थियो। बोइङका हजारौं फ्लाइट क्यान्सल भएका थिए।

हाल बोइङले अलस्कालाई मात्रै क्षतिपूर्ति रकम दिने घोषणा गरेको छ। तर विमानमा रहेका यात्रुहरूले त्यसको आलोचना गरेका छन्। बोइङको कमजोरीका कारण धेरै मानिसको ज्यान जान सक्ने भन्दै त्यसबारे नसोचिएको उनीहरूको भनाइ छ।