नेपाल र साउदीबीचको खेल ८ ओभरमा छोट्याइयो, टस जितेर फिल्डिङमा नेपाल

बिजमाण्डू
२०८१ बैशाख ५ गते १४:२३ | Apr 17, 2024
नेपाल र साउदीबीचको खेल ८ ओभरमा छोट्याइयो, टस जितेर फिल्डिङमा नेपाल
फाइल फोटो क्यान

काठमाडौं। एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित भएको छ। ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा वर्षाले मैदान बिग्रँदा खेल ढिला गरि सुरु हुने भएको हो।

Tata
GBIME
Nepal Life

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल प्रतिस्ठाको लागिमात्र हुनेछ। पहिलो पटक नेपालसँगै टी-२० फर्म्याटमा खेल्न लागेको साउदीका लागि भने सेमिफाइल प्रवेशका लागि यो महत्वपूर्ण खेल हो। खेल ढिला गरी सुरु हुने भएपछि ८ ओभरमा छोट्याइएको छ।

अघिल्लो खेल खेलेको टोलीबाट आज प्लेइङ ११ मा एक परिवर्तन छ। सोमपाल कामीको स्थान प्रतिस जिसीले लिएका छन्।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, सुन्दिप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, प्रतिश जिसी, अभिनास बोहरा, ललितनारायण राजवंशी