सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने एमालेको संकेत

बिजमाण्डू
२०८१ बैशाख ५ गते १३:३१ | Apr 17, 2024
सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने एमालेको संकेत

काठमाडौं । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्न आनाकानी गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री चयनका लागि दुई दिन समय तोकेसँगै केन्द्रीय सत्ता गठबन्धनले दीर्घलाई मुख्यमन्त्री बनाउने गरि सहमति गरेका थिए।

Tata
GBIME
Nepal Life

यही सहमतिअनुसार बुधबार नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका दुई र एकीकृत समाजवादीका चारजना सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्री दाबी गर्ने तयारी थियो। यसबारे छलफलमा जुटेको एमालेले दीर्घलाई मुख्यमन्त्री स्वीकार गर्न नसकिने निचोड निकालेको बताइन्छ।

दीर्घमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा रहेकोले उनलाई स्वीकार गर्न नसकिने निचोडमा एमाले पुगेको एमाले सुदूरपश्चिमका एक नेताले बताए। केन्द्रीय गठबन्धनले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने गरि सहमति गरेपछि आइतबार एकीकृत समाजवादीले रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेका थिए। यसबाट एमाले रुष्ट बनेको थियो।

यो प्रकरणपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नाँगो नाच देखाएको आरोपसमेत लगाएका थिए।