भिनफास्टले भीएफ ५ एसयुभी भारतमा २० महिनाभित्र उत्पादन गर्ने, नेपालमा पनि भित्र्याइने

बिजमाण्डू
२०८१ बैशाख ५ गते १२:२७ | Apr 17, 2024
भिनफास्टले भीएफ ५ एसयुभी भारतमा २० महिनाभित्र उत्पादन गर्ने, नेपालमा पनि भित्र्याइने

काठमाडौं। भियतनामी कम्पनी भिनफास्टले भीएफ ५ एसयुभी भारतमा उत्पादन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

विद्युतीय गाडी उत्पादक कम्पनीले भारतको तमिलनाडुमा निर्माणाधीन एसेम्ब्ली प्लान्टबाट २०२५ भित्र गाडी बजारमा पठाउने योजना बनाएको हो।

कम्पनीले उक्त प्लान्टबाट कम्प्याक्ट एसयुभीसहित क्रसओभर ह्याचब्याक पनि उत्पादन गर्ने योजना बनाएको छ। प्लान्टबाट भीएफ ५ र भीएफ ई ३४ ई एसयुभी उत्पादन गर्ने कम्पनीले जनाएको छ।

भिनफास्टले टाटाको नेक्सन इभी, महिन्द्रा एक्सयुभी ४०० जस्ता गाडीसँग प्रतिस्पर्धा गर्ने गरी भीएफ ५ एसयुभी उत्पादन गर्न लागेको हो। गाडी नेक्सनभन्दा थोरै सानो हुनेछ। गाडीमा ३७.२३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुनेछ। यसले फुल चार्जमा ३२६ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

भारतमा उत्पादन गरी त्यहाँबाट विभिन्न देशमा निर्यात गर्ने कम्पनीको योजना छ। भीएफ ५ नेपाली बजारमा पनि आउने छ। यसका लागि कम्पनीले विशाल ग्रुपलाई आधिकारिक बिक्रेताका रुपमा छनोट गरिसकेको छ।