एन्फा उपाध्यक्ष दावा लामा उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा, किन परे पक्राउ?

बिजमाण्डू
२०८१ बैशाख ५ गते ११:४९ | Apr 17, 2024
एन्फा उपाध्यक्ष दावा लामा उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा, किन परे पक्राउ?

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

लामा लागुऔषध कारोबारमा फरार सूचीमा थिए। उच्च अदालत पाटनबाट २०६४ जेठ २० मा उनी दोषी ठहर भएका थिए। लामालाई ५ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो।

लामा २०७५ मा एन्फा निर्वाचनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी उपाध्यक्षसम्म बन्न सफल भएका थिए।