महिन्द्राले ल्यायो बोलेरोको नयाँ संस्करण ‘निओ प्लस,’ कस्तो छ निओको नयाँ मोडल?

बिजमाण्डू
२०८१ बैशाख ५ गते ११:१३ | Apr 17, 2024
महिन्द्राले ल्यायो बोलेरोको नयाँ संस्करण ‘निओ प्लस,’ कस्तो छ निओको नयाँ मोडल?

काठमाडौं। सवारी उत्पादक भारतीय कम्पनी महिन्द्राले बजारमा निकै सफल आफ्नो गाडी बोलेरोको सिरिजमा नयाँ संस्करण थपेको छ। कम्पनीले बोलेरो निओ प्लस ल्याएको हो। नयाँ बोलेरो मंगलबार भारतीय बजारमा सार्वजनिक गरिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पुरानोका तुलनामा डिजाइन र सुविधामा धेरै परिवर्तन गरेको छ। नयाँ बोलेरो ९ सिटरको एसयुभी हो। यो ४.४ मिटर लामो छ। जुन यसको निओ मोडलभन्दा ४०५ एमएम लामो हो। यसलाई अगाडि २ जना, बीचमा ३ जना र पछाडि ४ जना बस्न मिल्नेगरि निर्माण गरिएको छ।

यस्तै यसमा ब्लुटुथ, युएसबी र अक्स कनेक्टीभीटी पनि छ। यसका साथै वीङ मिरर पनि छ, जसलाई एडजष्ट पनि गर्न सकिन्छ। यस्तै ६ वटा स्पिकर, फ्रन्ट र रियरमा पावर विन्डो, म्यानुअल एसी,  अगाडि र पछाडि आर्मरेस्ट छन् तर एप्पल कारप्ले र एन्ड्रोइड अटो सिस्टम भने छैन।

यसका साथै डुअल एयरब्याग, एबीएस, ईबीडीहरु जस्ता सेफ्टी फिचरमा पनि यसमा उपलब्ध छ। यसको पावरट्रेनको कुरा गर्दा २.२ लिटरको डिजल इन्जिन छ। यसले १२० हर्सपावर र २८० एनएम टर्क जेनेरेट गर्न सक्छ। यसमा पनि ६ स्पिड म्यानुअल गियरबक्स सिस्टम छ।

यसको सुरुवाती मूल्य भारतमा भारु ११ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। यस्तै टप भेरियन्टको भारु १२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।