माछापुच्छ्रे बैंकले सिद्धार्थनगरमा बनायो भव्य भवन, सेवामा कुनै सम्झौता नगर्ने

बिजमाण्डू
२०८१ बैशाख ४ गते १९:४६ | Apr 16, 2024
माछापुच्छ्रे बैंकले सिद्धार्थनगरमा बनायो भव्य भवन, सेवामा कुनै सम्झौता नगर्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ मा आफ्नै भवन बनाएको छ। नवनिर्मित कार्यालय भवनको मंगलबार उद्‍घाटन गरिएको छ।

Tata
GBIME
Nepal Life

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ र बैंकका अध्यक्ष रोशन केसीले संयुक्तरुपमा भवन उद्‍घाटन गरे।

बैंकका अध्यक्ष केसीले लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै हर्ष लागेको बताए। उनले गुणस्तरीय सेवा प्रदान गर्ने मामिलामा बैंकले कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

भवन उद्‍घाटन गर्दै रोशन केसी र इस्तियाक अहमद खाँ

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेश निर्देशक लगायत उपस्थित थिए।