१४.८१ अंकको गिरावटपछि नेप्से २ हजार विन्दुमुनि, गोर्खाज फाइनान्समा भने पोजेटिभ सर्किट

बिजमाण्डू
२०८१ बैशाख ४ गते १५:१२ | Apr 16, 2024
१४.८१ अंकको गिरावटपछि नेप्से २ हजार विन्दुमुनि, गोर्खाज फाइनान्समा भने पोजेटिभ सर्किट

काठमाडौं। सेयर बजार परिसूचक २ हजार विन्दुबाट तल ओर्लिएको छ। नेप्से मंगलबार १४.८१ अंकले घटेको छ। १३ वटै उपसमूहले नेप्से १९९१.७१ विन्दुमा झारेका हुन्।

Tata
GBIME
Nepal Life

जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ। २०० वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

४२ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा गोर्खाज फाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

गोर्खाज फाइनान्स सबैभन्दा धेरै रकमको सेयर किनबेच हुने कम्पनीको सूचीमा छ। यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै ६.७४ प्रतिशतले मूल्य घटेको पोखरा फाइनान्सको ६ करोड ६८ लाख ९८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबारका आधारमा यो कम्पनी तेस्रो नम्बरमा छ।

बजारमा मंगलबार २ अर्ब १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।