सुनको मूल्यमा दोहोरो अंकको बढोत्तरी, पुग्यो तोलाको १ लाख ४० हजार नजिक

बिजमाण्डू
२०८१ बैशाख ४ गते ११:०६ | Apr 16, 2024
सुनको मूल्यमा दोहोरो अंकको बढोत्तरी, पुग्यो तोलाको १ लाख ४० हजार नजिक

काठमाडौं। लगातार उच्च बनेको सुनको मूल्यमा साताको तेस्रो दिन दोहोरो अंकको बढोत्तरी छ। मूल्य बढ्दै तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ। सोमबार तोलामा ७ सय बढेको कारोबार मूल्य मंगलबार १ हजार ७ सय रुपैयाँ बढेको हो।

Tata
GBIME
Nepal Life

साताको दोस्रो दिन कारोबार मूल्य प्रति तोला १ लाख ३७ हजार ५ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा २ हजार २ सय रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ भएको थियो।  

गत शुक्रबार तोलाको १ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। बिहीबारका तुलनामा शुक्रबार २ हजार ४ सय बढेर कारोबार मूल्य कायम भएको थियो।

अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ घट्दा गत बिहीबार भने प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँ भएको थियो। बुधबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ। अघिल्लो दिनका तुलनामा ३५ रुपैयाँ बढ्दा मंगलबार चाँदी तोलाको १७ सय ५० रुपैयाँ पुगेको छ। सोमबार तोलाको १७ सय १५ रुपैयाँ थियो।    

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनका तुलनामा सुनचाँदीको कारोबार मूल्य अझ बलियो भएको छ। मंगलबार सुन प्रति औंस २३८८.३२ डलर पुगेको छ। सोमबार २३५५.९९ डलर थियो भने आइतबार २३४४.५३ डलरले कारोबार भएको थियो।    

चाँदी प्रति औंस २८.८५ डलरले कारोबार भइरहेको छ। सोमबार २८.२१ डलर थियो भने आइतबार २७.९४ डलर थियो।