नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो लाभांश, ४.७५ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०८१ बैशाख ४ गते १०:५५ | Apr 16, 2024
नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो लाभांश, ४.७५ प्रतिशत बोनस सेयर

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश हो। कम्पनीको चुक्ता पुँजी हाल १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि ६० करोड ८६ लाख रुपैयाँ थपिनेछ।

कम्पनीको सञ्चालक समितिको निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कार्यान्वयन हुनेछ।

कम्मपनीले पोहोर पनि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतनगद लाभांश दिएको थियो।