लागत घटाउँदै उत्पादकत्व बढाउन टेस्लाले कर्मचारी कटौती गर्ने, १४ हजारको रोजगारी गुम्ने

बिजमाण्डू
२०८१ बैशाख ४ गते ०७:३४ | Apr 16, 2024
लागत घटाउँदै उत्पादकत्व बढाउन टेस्लाले कर्मचारी कटौती गर्ने, १४ हजारको रोजगारी गुम्ने

टेस्लाले कर्मचारी कटौती गर्ने भएको छ। लागत घटाउन र उत्पादन क्षमता बढाउन टेस्लाले १० प्रतिशतभन्दा बढी कर्मचारी कटौती गर्ने निर्णय गरेको वासिङस्टन पोस्टले उल्लेख गरेको छ।

Tata
GBIME
Nepal Life

विश्वभर कार्यरत कर्मचारीहरुबाट १० प्रतिशत जनशक्ति घटाउने बारे सोमबार कर्मचारीहरुलाई आन्तरिक सर्कुलर गरिएको थियो।

इमेलबाट कर्मचारीहरुलाई दिइएको जानकारीमा विश्वभर उद्योग स्थापना हुँदा कम्पनी विकासको नयाँ चरणमा प्रवेश गरेको भन्दै लागत कटौती र उत्पादकत्व बढाउन सबै पक्षलाई मूल्यांकन गरेर सो निर्णय लिएको उल्लेख छ।

कम्पनीको दायर विश्वभर फैलिँदै गएको र कमर्चारीहरुको भूमिकामा ‘डुप्लिकेसन’ भएकोले गहन समीक्षा गरेर १० प्रतिशतभन्दा बढी जनशक्ति घटाउने निर्णय गरेको कम्पनीले उल्लेख गरेको छ। नयाँ विकास चरणको जान र परिवर्तित विश्व बजारमा सक्षम हुन यो निर्णय आवश्यक रहेको कर्मचारीहरुलाई भनिएको छ।

यो निर्णयले विश्वभर टेस्लामा कार्यरत १५ हजार बढी कर्मचारीलाई असर पर्न सक्ने अनुमान गरिएको छ। सेल्स, इन्जिनियरिङ र पोलिसी विभागका कर्मचारीहरु समेत यो निर्णयबाट प्रभावित हुनेछन्।

टेस्लाले हाल विद्युतीय गाडी उत्पादनमा चिनियाँ कम्पनीको ठूलो प्रतिस्पर्धा सामना गरिरहेको छ। पछिल्लो समय टेस्लाको सेयरको मूल्य पनि घटिरहेको छ।