ग्लोबल आइएमई बैंकको भ्रमण योजना, क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश घुम्न पाउने

बिजमाण्डू
२०८१ बैशाख ३ गते १६:०९ | Apr 15, 2024
ग्लोबल आइएमई बैंकको भ्रमण योजना, क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश घुम्न पाउने

काठमाडौं। ग्लोबल आइएमई बैंकले क्रेडिट कार्डबाहक आफ्ना ग्राहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमणको योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने भन्दै आइएमई ट्राभल्ससँगको सहकार्यमा भ्रमण योजना ल्याएको हो।

आन्तरिकतर्फ अन्नपूर्ण बेस क्याम्प र मुक्तिनाथ तथा अन्तर्राष्ट्रियतर्फ थाइल्याड, बाली र दुबई भ्रमणका लागि सहुलियत मूल्यका योजना ल्याइएको बैंकले सवमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रुपैयाँ र विदेश भ्रमणका लागि ६,००० रुपैयाँको किस्ताबन्दी योजना ल्याएको छ।

बैंकका क्रेडिट कार्डबाहक ग्राहकले टुर प्याकेज आइएमई ट्राभल्ससँग किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई कार्डको शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।