शिवम् सिमेन्टले बेच्यो १३.३१ करोड बोरा ओपीसी सिमेन्ट, सर्वाधिक बिक्री गरेको कम्पनीको भनाइ

बिजमाण्डू
२०८१ बैशाख ३ गते ११:३३ | Apr 15, 2024
शिवम् सिमेन्टले बेच्यो १३.३१ करोड बोरा ओपीसी सिमेन्ट, सर्वाधिक बिक्री गरेको कम्पनीको भनाइ

काठमाडौं। शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बेचेको छ। नेपाली सिमेन्ट बजारमा यो सर्वाधिक संख्या भएको दाबी कम्पनीको छ।

Tata
GBIME
Nepal Life

अत्याधुनिक प्रविधिसहित आफ्नै खानीको चुनढुंगाबाट ओपीसी सिमेन्ट उत्पादन गरिरहेको शिवम् सिमेन्ट सर्वसाधारणका लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी पनि हो। शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्ट एनएस गुणस्तर अवार्ड २०१९ बाट सम्मानित हुने नेपालकै पहिलो सिमेन्ट कम्पनीसमेत हो।

सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक ३ हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्ट ओपीसी मात्र उत्पादन गर्ने सिमेन्ट कम्पनी हो। स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री गर्दै आइरहेको शिवम् गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको कम्पनीले जनाएको छ।

‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाका कारण शीर्ष स्थानमा रहेको दाबी गरेको छ।