राष्ट्रिय बीमा कम्पनीको सीइओका लागि ४ जना सर्टलिस्ट, सूचीमा को-को ?

बिजमाण्डू
२०८० चैत्र ३० गते १७:३५ | Apr 12, 2024
राष्ट्रिय बीमा कम्पनीको सीइओका लागि ४ जना सर्टलिस्ट, सूचीमा को-को ?

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीइओ)का लागि ४ जना सर्टलिस्टमा परेका छन्। शुक्रबार बसेको पदपूर्ति सिफारिस सम्बन्धी उपसमितिले सीइओका लागि ४ जनाको सर्टलिस्ट गरेको हो।

Tata
GBIME
Nepal Life

उपसमितिले नारायण कुमार भट्टराई, शिवहरि श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोइरालालाई सर्टलिस्ट गरेको छ। सीइओका लागि ९ जनाले आवेदन दिएका थिए।

उपसमितिले सर्टलिस्टमा परेकाहरुलाई कार्ययोजना प्रस्तुत गर्न लगाइ अन्तर्वार्ता लिएर एक जनाको नाम सिफारिस गर्नेछ। कार्ययोजना प्रस्तुतिका लागि वैशाख १२ गते र अन्तर्वार्ताका लागि १३ गतेको मिति तोकिएको छ।

पदपूर्ति उपसमितिले गर्ने सिफारिसका आधारमा सञ्चालक समितिले सीइओ नियुक्त गर्नेछ। कम्पनीले माघ २४ मा सीइओका लागि दरखास्त आह्वान गरेको थियो। कम्पनीमा गत मंसिरदेखि सीइओ पद रिक्त छ।