नेपाल एसबिआई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले न्यूरो हस्पिटलमा छुट पाउने

बिजमाण्डू
२०८० चैत्र २५ गते १३:१५ | Apr 7, 2024
नेपाल एसबिआई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले न्यूरो हस्पिटलमा छुट पाउने

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले विराटनगरस्थित न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा छुट पाउने भएका छ।

Tata
GBIME
Nepal Life

छुट सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकले अस्पतालमा छुट पाउने छन्।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे र अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका थिए। सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो।