फ्लाइट क्यालिब्रेसनले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित, २ घण्टासम्म डिले

बिजमाण्डू
२०८० चैत्र १६ गते १६:२३ | Mar 29, 2024
फ्लाइट क्यालिब्रेसनले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित, २ घण्टासम्म डिले

काठमाडौं। त्रिभुवन विमानस्थलमा जडान भएका उपकरण निरीक्षणका लागि गरिएको फ्लाइट क्यालिब्रेसनले शुक्रबार  आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान अवतरण प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

त्रिभुवन विमानस्थल कार्यालयले शुक्रबार अपराह्न १:३० बजेसम्म फ्लाइट क्यालिब्रेसन गरेकामा अधिकांश उडान अवतरण प्रभावित भएको हो। अधिकांश गन्तव्यको उडान २ घण्टासम्म डिले हुने विमास्थलका प्रवक्ता सुवाश झाले बताए।

‘नोटाम जारी अन्तर्गत फ्लाइट क्यालिब्रेसन गरिएको छ। यस क्रममा कुनै पनि उडान बन्द भएका छैनन। तर डिले भने भैरहेको अवस्था छ,’ प्रवक्ता झाले भने, ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स आईएफआर अन्तर्गत उडान भइरहेको छ।’