नेपाल ‘ए’ टस जितेर फिल्डिङमा, आयरल्याण्ड वुल्भ्सविरुद्ध प्लेइङ ११ मा को-को?

बिजमाण्डू
२०८० चैत्र १६ गते १२:५९ | Mar 29, 2024
नेपाल ‘ए’ टस जितेर फिल्डिङमा, आयरल्याण्ड वुल्भ्सविरुद्ध प्लेइङ ११ मा को-को?
नेपाल 'ए' का कप्तान विनोद भण्डारी र आयरल्याण्ड वुल्भ्सका कप्तान निल रक। तस्बिर: क्यान

काठमाडौं। नेपाल ‘ए’ले आयरल्याण्ड वुल्भ्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर वुल्भ्सलाई ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल ‘ए’का पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री बेन्चमा छन्।

बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ खेल तालिका जारी गरेको थियो।

नेपाल ‘ए’ले यसअघि अघिल्लो महिना क्यानडासँग एकदिवसीय सिरिज खेलेको थियो। त्यस्तै, आयरल्याण्ड वुल्भ्सले नेपाली सिनियर टोलीसँग दुई खेलको टी-२० सिरिज खेलेको थियो।

नेपालको प्लेइङ ११

विनोद भण्डारी, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसीर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी, हेमन्त धामी