अब सादा पोशाकमा प्रहरी परिचालन नगरिने, गृहमन्त्रीको निर्देशनमा गरियो परिपत्र

बिजमाण्डू
२०८० चैत्र १५ गते १८:११ | Mar 28, 2024
अब सादा पोशाकमा प्रहरी परिचालन नगरिने, गृहमन्त्रीको निर्देशनमा गरियो परिपत्र
प्रहरी प्रधान कार्यालय

काठमाडौं। नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले बिहिबार मातहतका कार्यालयलाई परिपत्र गरेको हो।

प्रधान कार्यालयले सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन दिएको छ।

‘त्यस कार्यालय तथा मातहत समेतबाट  हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’ परिपत्रमा भनिएको छ।

कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई भनेको छ।