संविधान संशोधन गर्नुपर्नेमा शेखर कोइरालाको जोड, ‘देश र कांग्रेस दुवैको अवस्था खराब छ’

बिजमाण्डू
२०८० चैत्र १५ गते १७:५४ | Mar 28, 2024
संविधान संशोधन गर्नुपर्नेमा शेखर कोइरालाको जोड, ‘देश र कांग्रेस दुवैको अवस्था खराब छ’
शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।

Tata
GBIME
Nepal Life

कोइरालाले बिहीबार विशालनगरस्थित आफ्नो सचिवालयमा संचारकर्मीसँग कुरा गर्दै देश निकै खराब अवस्थामा पुगेकाले यो अवस्थाबाट बाहिर ल्याउन संविधान संशोधन गर्नुपर्ने बताए।

‘अहिले देश र कांग्रेस दुवैको अवस्था असाध्यै खराब छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने, ‘संविधान संशोधन नगरी मुलुकले निकास पाउने देखिंदैन।’ उनले संविधानमा के संशोधन गर्ने भन्नेबारे भने केही बताएनन्।

उनले पार्टीमा संस्थापन पक्षको दबदबा रहेकाले सुधारका विषयमा कुनै सुनुवाई नहुने बताए। उनले आफूले नेतृत्वको अवसर पाए कांग्रेसले बहुमत ल्याउने दाबी गरे।