ग्लोबल आइएमई बैंकलाई आईएफसीले परामर्श सेवा दिने, समझदारी पत्रमा हस्ताक्षर

बिजमाण्डू
२०८० चैत्र १५ गते १३:३० | Mar 28, 2024
ग्लोबल आइएमई बैंकलाई आईएफसीले परामर्श सेवा दिने,  समझदारी पत्रमा हस्ताक्षर
समझदारी पत्रमा हस्ताक्षर पछि ग्लोबल आइएमई बैंकका सीइओ रत्‍नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय सल्लाहकार मेहदी चेरकाउई

काठमाडौं। ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

जोखिम व्यवस्थापन, जलवायु तथा लैंगिक वित्त क्षेत्रमा बैंकलाई आईएफसीले परामर्श सेवा प्रदान गर्ने समझदारी भएको हो। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम आईएफसीले बैंकलाई कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति र दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने छ।

यस्तै, आईएफसीले जलवायु वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ।

आईएफसीले स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजना लगायत जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि परामर्श दिने बैंकले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आर्ईएफसीको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैंगिक तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिने बैंकको विश्वास छ।