आन्तरिक उडानमा वायुसेवा कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा, सिटका आधारमा कुन अगाडि?

वसन्तराज उप्रेती
२०८० चैत्र १५ गते १२:३२ | Mar 28, 2024
आन्तरिक उडानमा वायुसेवा कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा, सिटका आधारमा कुन अगाडि?

काठमाडौं। आन्तरिक उडानमा वायुसेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ। विभिन्न वायुसेवा कम्पनीले पछिल्लो समय जहाज संख्या विस्तार गरेसँगै प्रतिस्पर्धा बढ्ने देखिएको हो। प्रतिस्पर्धा बढ्दा त्यसको फाइदा यात्रुलाई हुनेछ।

Tata
GBIME
Nepal Life

पछिल्लोपटक श्री एयरलाइन्सले दुई वटा टर्बोप्रोप जहाज थपेको छ। उसले गत मंगलबार ८० सिट क्षमताका क्यु-४०० ‘टर्बोप्रोप’ जहाज भित्र्याएको हो। कम्पनीसँग अब ८० सिट क्षमताका जहाज ६ वटा पुगेका छन्।

श्री एयरलाइन्सले थपिएका जहाजको उडानका लागि प्रक्रिया अगाडि बढाइसकेको छ।

यात्रुको माग अनुसार नयाँ गन्तव्यमा सेवा विस्तार गर्न जहाज थपेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। ‘हाम्रो मुख्य उद्देश्य भनेकै नयाँ सेक्टरमा आफ्नो बजार हिस्सा कायम गर्नु हो। बिजनेसमा अवश्य पनि आफ्नो हिस्सा वृद्धि गर्नै पर्‍यो,’ प्रवक्ता मानन्धरले भने, ‘जहाज थपेर अगाडि बढ्न चुनौती अवश्य पनि छ। तैपनि हामीले एउटै सेक्टरभन्दा विभिन्न सेक्टरका यात्रु लक्षित सेवा दिन चाहेका हौं।’

श्री एयरलाइन्ससँग यसअघि बम्बार्डियर कम्पनीको ५० सिट क्षमताका दुई वटा सीआरजे-२००, ७० सिट क्षमताका दुई वटा सीआरजे-७०० र ८० सिट क्षमताका चार वटा क्यु-४०० ‘टर्बोप्रोप’ थिए। हाल यो कम्पनीका दुई वटा सीआरजे र एउटा टर्बोप्रोप जहाज मर्मतका लागि ग्राउण्डेड छन्।

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा

जहाज थपेपछि आफ्नो बजार हिस्सा बढ्ने कम्पनीको विश्वास छ। ‘जहाज विस्तारले हाम्रो बजार हिस्सा बढ्नु भनेको कम्पनीहरुबीच प्रतिस्पर्धा हुनु हो। यसको सबैभन्दा बढी फाइदा यात्रुलाई हुनेछ। उडानमा मोनोपोली हुनेछैन,’ मानन्धरले भने।

कम्पनी काठमाडौं-भद्रपुर उडान पुनः सुरु गर्ने तयारीमा छ। यस्तै, भारतपुरमा नि व्यावसायिक उडान गर्ने कम्पनीको योजना छ।     

आन्तरिक उडानमा एकाधिकार जस्तै रहेको बुद्ध एयरले ३ वटा एटीआर-४२ र १४ वटा एटीआर-७२ सिरिजका जहाजमार्फत विभिन्न गन्तव्यमा सेवा दिंदै आएको छ।

कम्पनीले कोभिडयता ५ वटा जहाज थपेको छ। सन् २०२४ भित्रै थप दुई वटा एटीआर-७२ सिरिजका जहाज थप्ने कम्पनीको योजना छ।

जहाज संख्या विस्तारसँगै उडान व्यवस्थापन र सञ्चालनमा ध्यान केन्द्रित गर्दै आएको बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए।

त्रिभुवन विमानस्थलमा बुद्ध एयरको जहाज

‘भएका सबै जहाज उडिरहन्छ भन्ने हुँदैन। हामीसँग अहिले १७ वटा जहाजमध्ये आलोपालो गरेर ३ वटा जहाज त नियमित चेकजाँचमै राखिएको हुन्छ,’ निर्देशक जोशीले बिजमाण्डूसँग भने, ‘अरु कम्पनीले जहाज थप्नु भनेको पक्कै पनि व्यावसायिक चुनौती हो।’

उनका अनुसार कम्पनीले हाल दैनिक १५० वटा उडान अवतरण गर्दै आएको छ। आन्तिरक उडानमा बुद्ध एयरको बजार हिस्सा ६७ प्रतिशत छ।

प्रतिस्पर्धी कम्पनीले जहाज थपेपनि हवाई भाडा धेरै घटाउन सक्ने अवस्था नरहेको बुद्ध एयरको बुझाइ छ। ‘कुनै पनि वायुसेवाले सुरुमा सस्तो टिकट बिक्री गरेर बजार हिस्सा विस्तार गर्ने सम्भावना नै छैन अहिले,’ उनले भने, ‘अबको समय भनेको कुनै पनि वायुसेवाले आफ्नो लिमिटमा बसेर फेयर निर्धारण नगरे टिक्न गाह्रो छ।’

त्रिभुवन विमानस्थलमा वायुसेवा प्रदायक विभिन्न कम्पनीका जहाज

यती एयरलाइन्स सन् २०२४ भित्र जहाज संख्या १० पुर्‍याउने तयारीमा छ। यो कम्पनीले गत माघमा मात्र दुई वटा एटीआर-७२ सिरिजका जहाज भित्र्याएको थियो।

गन्तव्य विस्तार र अरु कम्पनीसँग प्रतिस्पर्धाका लागि थप जहाज ल्याउने योजना रहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘थोरै जहाज उडाएर कम्पनी चल्ने सम्भावना छैन,’ उनले भने, ‘त्यही कारण जहाज विस्तारलाई प्राथमिकतामा राखेका हौं।’

त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको जहाज

‘थोरै जहाज भयो भने सबै सेक्टरलाई समेट्न सकिन्न। अहिले पनि ७ वटा जहाजले सबै सेक्टरलाई समेट्न गाह्रै छ,’ उनले भने, ‘जति वटा जहाज भए पनि प्राविधिक जनशक्ति राख्नै पर्‍यो। सेवा थोरै सेक्टरमा सीमित गर्दा खर्च धान्नै गाह्रो हुन्छ। हामीले यही कुरालाई मध्यनजर गर्दै जहाज थपेर बजार हिस्सा वृद्धि गर्ने योजना बढाएका हौं।’

कम्पनीले हाल ७ वटा जहाजमध्ये आलोपालो मर्मत गरी दैनिक ६ वटामार्फत उडान संचालन गर्दै आएको छ। दैनिक ६५ उडान अवतरणमार्फत ३५ सय यात्रुलाई सेवा दिंदै आएको कम्पनीको बजार हिस्सा अहिले २५ प्रतिशत छ।

कुन कम्पनीको कति सिट क्षमता?

वायुसेवा  कम्पनीको नामजहाजको प्रकारजहाज संख्याकुल सिट क्षमता
बुद्ध एयरएटीआर-७२ र एटीआर-४२१४ र ३१,००८
श्री एयरलाइन्ससीआरजे-२००, सीआरजे-७०० र क्यु-४००२, २ र ६७२०
यती एयरलाइन्सएटीआर-७२५०४