नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको सिरिज आजबाट सुरु हुँदै, पहिलो खेलमै वर्षाको डर

बिजमाण्डू
२०८० चैत्र १५ गते १०:१२ | Mar 28, 2024
नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको सिरिज आजबाट सुरु हुँदै, पहिलो खेलमै वर्षाको डर
क्यानडाविरुद्धको सिरिजका क्रममा नेपाल 'ए'का खेलाडी। फाइल फोटो क्यान

काठमाडौं। नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको तीन खेलको टी-२० सिरिज आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा आज दिउँसो १ बजेबाट खेल सुरु हुनेछ।

Tata
GBIME
Nepal Life

नेपाल ‘ए’ले यसअघि अघिल्लो महिना क्यानडासँग एकदिवसीय सिरिज खेलेको थियो। त्यस्तै, आयरल्याण्ड वुल्भ्सले नेपाली सिनियर टोलीसँग दुई खेलको टी-२० सिरिज खेलेको थियो।

वुभ्ससँग खेल नेपाल ‘ए’ बिनोद भण्डारीको कप्तानीमा उत्रनेछ। आजको खेलमा मौसम भने बाधक बन्न सक्ने प्रवल सम्भावना देखिएको छ।

काठमाडौंमा आज बिहानैबाट छिटपुट वर्षा भइरहेको छ। हाल नेपालमा पश्‍चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाको पूर्वानुमानलाई आधार मान्ने हो भने आजको खेल प्रभावित बन्न सक्छ।

नेपाल ‘ए’ टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसीर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश आग्री

आयरल्याण्ड वुल्भ्सको टोली

निल रक (कप्तान), रस एडेयर, केड कार्माइकल, ग्यारेथ डेलानी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फियोन ह्यान्ड, गेभिन होई, म्याथ्यु हम्फ्रेस, टम मेयस, लियाम म्याकार्थी, जेम्स म्याकोलम, पीजे मोर, मोर्गन टपिङ र बेन ह्वाइट

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेलतालिका

टी-२० सिरिज

चैत १५ : नेपाल ‘ए’ भर्सेस आयरल्याण्ड वुल्भ्स

चैत १६ : नेपाल ‘ए’ भर्सेस आयरल्याण्ड वुल्भ्स

चैत १८ : नेपाल ‘ए’ भर्सेस आयरल्याण्ड वुल्भ्स

एकदिवसीय

चैत २१ : नेपाल ‘ए’ भर्सेस आयरल्याण्ड वुल्भ्स

चैत २३ : नेपाल ‘ए’ भर्सेस आयरल्याण्ड वुल्भ्स

चैत २५ : नेपाल ‘ए’ भर्सेस आयरल्याण्ड वुल्भ्स