निर्माण क्षेत्र सुस्ताउँदा जस्तापाता उत्पादन गर्ने राजेश मेटल क्राफ्टको व्यापार एकैवर्ष ४.११ अर्बले घट्यो

बिजमाण्डू
२०८० चैत्र १४ गते १८:०२ | Mar 27, 2024
निर्माण क्षेत्र सुस्ताउँदा जस्तापाता उत्पादन गर्ने राजेश मेटल क्राफ्टको व्यापार एकैवर्ष ४.११ अर्बले घट्यो

काठमाडौं। स्टिलका पाइप तथा जस्तापाता उत्पादन गर्ने राजेश मेटल क्राफ्टको व्यापार एकैवर्ष ४ अर्ब ११ करोड रुपैयाँले घटेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२/२३ मा ४ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको छ। जबकि अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ८ अर्ब ५७ करोड रुपैयाँको कारोबार गरेको थियो।

Tata
GBIME
Nepal Life

यस्तै, २०२०/२१ मा ७ अर्ब ५७ करोड, २०१९/२० मा ५ अर्ब ५६ करोड र २०१८/१९ मा ७ अर्ब ८२ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो।

कम्पनीले ५ अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। १ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी एलए र ४ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए वान रेटिङ दिएको छ। कम्पनीको रेटिङलाई इक्रा नेपालले ‘वाच विथ नेगेटिभ इम्प्लिकेन्स्’ समेत भनेको छ।

कम्पनीमा श्रवणकुमार अग्रवालसहित उनका दुई छोरा राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको स्वामित्व छ।